जनकपुर ।। धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भएका ४० वर्षीय भोला यादव आफ्नै छोरीमाथि बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका उनले साविति बयान दिएका छन् । बलात्कारपछि छोरीको हत्या गर्ने उद्देश्यले प्रहार गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ । गत माघ १३ गते राति करिब साढे १० बजेतिर बौद्धको जम्बु डाँडामा बस्दै आएका यादवले (झड्केली) छोरीको बलात्कारपछि हत्याको प्रयास गरेका थिए ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले भने, ‘बलात्कारपछि घटना लुकाउन हत्याको प्रयास गरेको र मरी भनेर भागेको हुँ भनेर स्वीकार गरिसकेका छन् ।’
यादवले २३ वर्षीय छोरीको बलात्कारपछि हत्या प्रयास गरेका थिए । प्रहरीले घटनास्थलको अनुसन्धान गर्दा टाउकामा ढुङ्गा प्रहार गरेको देखिएको छ । घटनापछि राति नै यादव भागेर धनुषा गएका थिए । १४ गते बिहान आमाले कोठामा हेर्दा छोरी रगताम्मे भएर लडेको देखेपछि अस्पताल पुर्याएकी थिइन् ।
‘उनीहरू पाँच जनाको परिवार बस्दै आएका थिए । घटना भएको दिन भने यादव र छोरीमात्र थिए । एक्लै भएको मौका छोपेर घटना गराएको देखिएको छ’, डीएसपी कार्कीले भने ।
टाउकोमा गम्भीर चोट लागेकी युवतीको ट्रमा सेन्टरमा आइसीयूमा राखेर उपचार भइरहेको छ । उनको अवस्था निकै गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । यादवले १८ वर्षअघि डिभोर्स भएकी महिलासित विवाह गरेका थिए । त्यतिखेर पीडित युवती पाँच वर्षकी थिइन् । त्यसपछि यादवका दुई सन्तान भए ।
यादव परिवार गलैँचा उद्योगमा काम गर्दै आएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
‘अभियुक्तले स्वीकार गरिसकेका छन् । बलात्कार भएको पुष्टि भइसकेको छ । तर, पनि हाम्रो थप अनुसन्धान जारी छ’, डीएसपी कार्कीले भने याे समाचार टुडे्रपाटीमा छापिएकाे छ ।
Home प्रदेश समाचार मधेश प्रदेश आफ्नै छोरीमाथि बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका बाबुकाे बयान साविति
आफ्नै छोरीमाथि बलत्कारपछि हत्याको प्रयास अभियोगमा हिरासतमा रहेका बाबुकाे बयान साविति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












