काठमाडौं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग भएर देश चुनावमा गइसकेको बताएका छन् । खेलकुदसँग प्रधानमन्त्री विषयक कार्यक्रममा बोल्दै संसद भंग भएर चुनावमा देश गइसके पनि इगो राख्नेहरु फिर्ता गराउन लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘ संसद भंग भइसक्यो चुनावमा गएर जित्ने ठाउँ छ नि । फिर्ता गराउन पाए भन्ने छ ।’ उनले देशलाई हानी होस् भन्ने समेत बिर्सेर केही व्यक्ति जित्न खोजिरहेको बताएका छन् । ओलीले इतिहासमा जीत र हारको ठुलो अर्थ हुने बताए । नेपाल कहिल्यै कसैसँग नहारेको बताए । उनले भने,‘हामी कहिल्यै कसैसँग हारेनौं तर खेलमा किन जितिरहेका छैनौं ?’ अब खेलमा पनि जित्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले खेलकुदमा अहिले छुट्याउदै आएको बजेटमा कमि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै अहिले खेलकुदका अभिभावक संस्थाहरुले सहि काम गरेको बताए । उनले नेपालको भूगोल अनुसारको खेललाई पनि अगाडी बढाउनुपर्ने बताउदै धेरै भन्दा धेरै खेलहरुमा भाग लिने व्यवस्था गर्नुपर्नेमा जोड दिए । साथै प्रधानमन्त्री ओलीले खेलकुदका प्रशिक्षकहरुलाई तालिमको शुरुमा क्षमता हेरेर मात्र छनोट गर्न आग्रह गर्दै भने,‘मलाई पोल जम्पमा छानेर पठाउनुभयो भने तपाईंको गल्ती । मेरो छनोट हुनुहुँदैन । मलाई माया त गर्नुहुन्छ नि । माया गर्नु आफ्नो ठाउँमा छ तर छनोटमा सही मान्छे पर्नुपर्छ । क्षमतावान छनोट गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले कोरोना भन्दा अहिले हामी बलियो भएको भन्दै अब कोरोना कमजोर हुदै गएको बताए ।
देश चुनावमा गइसक्यो, इगो राख्नेहरु फिर्ता गराउन लागेको छन् – प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












