काठमाडौं ।। चीनमा कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ ।
चिनियाँ सञ्‍चारमाध्यमअनुसार प्रहरीले ३ हजार नक्कली खोपसहित पक्राउ गरेको हो ।
प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।
सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here