सिरहा ।। प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाको सदरमुकामस्थित शहीद स्वर्गिय हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेका छन् ।

सोमबार १७ औं स्मृति दिवसको अवसरमा कडा सुरक्षाकाबीच ओलीले शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण अघि शहीद यादवका छोरा डा. नविन यादव, श्रीमती पारोदेवी र नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।

माल्यार्पण गर्न पुगेका प्रधानमन्त्री ओलीविरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले नाराबाजी गरेका छन् । नाराबाजी गर्ने आधा दर्जन नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ ।

सिरहा सदरमुकाममा नेकपाले आयोजना गरेको सभामा ओली समूहका नेता तथा कार्यकताहरु सहभागी भएका छन् । माल्यार्पणपछि ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा गाउँ गाउँबाट हजारौं कार्यकर्ता आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here