काठमाडाैं ।। नेपाली काँग्रेसको १३ भातृ संस्थाले प्रतिनिधि सभा विघटनविरुद्ध ७७ वटै जिल्लामा आज प्रदर्शन गर्ने भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै आज हुने प्रदर्शनमा सहभागिता जनाउन सबैलाई आग्रह गर्नुभएको छ । पार्टीको केन्द्रीय निर्णय अनुसार आज १३ भातृ संगठनले संयुक्त विरोध प्रर्दशन गर्ने हुँदा सहभागिताका लागि आग्रह गरिएको छ । प्रतिनिधि सभा विघटनमार्फत् सर्वसत्तावाद उन्मुख कदम भएको भ्रातृ संस्थाले जनाएका छन् । भ्रष्टाचार, कुशासन, कोभिड महामारी नियन्त्रणमा सरकार उदासीन देखिएको आरोप लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here