काठमाडाैं ।। देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १ सय ६० एमभीएका दुई र ३ सय १५ एमभीएको एक गरी ६ सय ३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४०० र २२० केभी क्षमताको सबस्टेशनमा ३ सय १५ एमभीए क्षमताका तीन वटा गरी ९ सय ४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन् । मुलुकभित्र नै पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेशन ठूलो हब बनेको छ । सबस्टेशन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजरूपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ । कूल ३१५ एमभीएको ट्रान्सफर्मर चार्ज भएसँगै अब जाडोमा भारतबाट थप करिब १०० मेगावाट विद्युत् आयात गरी देशभित्रको विद्युत् माग धान्न आपूर्ति गर्न सकिन्छ । अर्को वर्ष देखि नेपालले भारतबाट विद्युत किन्नु नपर्ने उर्जामन्त्री टोप बहादुर रायमाझीले बताउनुभयो । यसवर्ष हिउँदमा थप एक सय मेगावाट विद्युत भारतबाट आउने छ । तर आगामी वर्ष देखि भारतबाट ल्याईने विद्युत एक सय देखि डेढ सय मेगावाटको हाराहारीमा हुने मन्त्री रायमाझीको भनाई छ । हाल भारतबाट ६ सय ५० मेगावाट विद्युुत आईरहेको छ ।
Home मुख्य समाचार देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












