रौतहट ।। विगत १७ साल देखि समाजिक सेवामा समर्पित अभियानी रहेका विजय साह वानिया पुर्व उपराष्ट्रपति प्रमानन्द झाबाट सम्मानीत हुनु भएको छ ।
आज प्रज्ञा प्रतिष्ठान काठमान्डौमा भएको एक कार्यक्रम विच रौतहट जिल्ला गुजरा नपा वार्ड नं. ९ निवासी विभिन्न अन्तराष्ट्रि, राष्ट्रिय र स्थानीय गैर सरकारी संघ संस्थामा संलग्न भई सरकारी निकायसंग समन्वेय गरि कोविड १९ अर्थात कोरोना कालमा अतुलनिय योग्दान गरेको भन्दै फोकस नेपाल काठमान्डौले समाज सेवी अभियानी तथा एनजीओकर्मी विजय साह वानीयालाई उच्च कदर गर्दै पुर्व उपराष्ट्रपति झाबाट सम्मानीत गराएको हो ।
साह वानीया, ग्रामिण विकास केन्द्र (आरडीसी) नेपालमा कार्यक्रम संयोजकको रुपमा कार्यरत रहेका छन् । बानीया, आरडसीको माध्यमले विश्वभर माहामारीको रुपमा फैलिदै गएको कोभिड–१९ कोरोना भाइरसबाट उत्पन्न समस्याहरुको समाधान र सामना गर्न अक्सफाम नेपालको सहयोग र RDC Nepal संस्थाको आयोजनामा सञ्चालन भईरहेको Emergency Public Health Intervention for COVID-19 कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको पालिकाहरुको क्वाईरटाईन, आईसोलेसन, समुदाय तथा जिल्ला स्तर कार्य गरे । त्यस्तै २०१५ डिसेम्बर देखि विपद्जोखिम न्यूनिकरणमा अक्सफाम नेपालको सहयोग रRDC Nepal संस्थाको आयोजना गरिएको Disaster Risk Reduction and Humanitarian Preparedness (DRR-HP) Project and Flood Emergency Project मा जिल्ला विपद्ब्यवस्थापन समिति, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय तथा सहकार्य गरी पूर्वतयारी तथा राहत वितरण, खुल्ला दिसा मूक्त अभियानमा सहयोग तथा सहकार्य कार्य गर्दै आएका छन् ।
त्यस्तै, समाज विकास नेपालको अध्यक्ष भई, प्लान नेपालसंग समन्वय गरी २००९/२०१० सालतिर स्वास्थ्य चौकी भवन निर्माण विधालयमा वालवालिकाहरुको भर्ना अभिभावक शिक्षा सञ्चालन छात्रवृति वितरण जस्ता कार्य गर्दै आएका छन् ।
सम्मान बुझदै वानीयाले हर्षीत हुदै, समाज सेवाको सम्मान भएकोले यस सम्मानले समाजिक सेवा गर्नमा आफुलाई थप जिम्मेवार बनाएको र अगाडी बढन् प्रोत्साहीत गरेको प्रतिक्रिया दिए ।
समाजसेवी विकास अभियंता साह उपराष्ट्रपतिबाट समानित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।