रौतहट ।। रौतहट सहति देशभरमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला अस्पताल गौरको प्राङ्गणमा आज जनस्वास्थ्य कार्यालय रौतहटमा कार्यरत कार्यालय सहायक उमेश मण्डललाई पहिलो खोप लगाएर अभियानको शुभारम्भ गरिएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लाई कोभिड–१९ विरुद्धको खोप लगाउने योजना अनुरुप उमेश मण्डलले पहिलो खोप लगाएका हुन । पहिलो चरणको यो खोपको अभियान दश दिन भित्र सम्पन्न हुने जनाइएको छ । भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपाल सरकार लाई अनुदानमा उपलब्ध गराएपछि सरकारले सातै प्रदेशको ७७ जिल्लाको अस्पतालमा प्रयोग गर्न पुरयाएको थियो । भारतमा यो खोप ७० प्रतिशत प्रभाबकारी देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here