काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । यस्तै,पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६४ हजार ८ सय २३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ ।
देशभर संक्रिय संक्रमितको संख्या ३ हजार २ सय ५२ छ । यस्तै,१ सय २२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here