मुम्बई ।। बलिउड अभिनेता बरुण धवन र उनकी प्रेमिका नाताशा दलाल आइतबार बिबाह बन्धनमा बाँधिएका छन् । उनीहरुले मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।
वरुणका फ्यानलाई वरुणको विवाहको तस्वीर हेर्न कौतुहलता जागिरहँदा अभिनेता आफैंले नताशासँगको एक तस्वीर सामाजिक सन्जालमा राखेका छन् ।तस्वीरमा दुवैजनाले मण्डपमा सात फेरा लगाएको देख्न सकिन्छ । उनीहरुको वैवाहिक तस्वीर सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । यो जोडीलाई दीपिका पादुकोण, नेहा धुपिया, मनीष पल, नुसरत भरूचा, अनुष्का शर्मा, अनिल कपूर, आयुष्मान खुराना, रणवीर सिंह, श्रद्धा कपूर, कपिल शर्मालगायतका कलाकारले बधाई दिएका छन् ।
उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ । उनीरुले आगामी फेब्रुअरी २ मा मुम्बईको एक पाँच तार होटलमा रिसेप्सन राखेका छन् ।
वरुण र नताशाको प्रेम निकै पुरानो प्रेम हो । वरुणले आफ्नो स्कुल समयदेखि नै नताशालाई मनपराएका थिए । पहिला उनीहरु साथी थिए, पछि मात्र डेटिङ शुरु गरे । एक अन्तरवार्तामा वरुणले नताशाले आफ्नो प्रेम प्रस्ताव तीन पटक अस्वीकार गरेको खुलासा गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here