काठमाडाैं ।। नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा अग्रभागमा काम गर्नेहरुलाई खोप दिइनेछ । सातै प्रदेशका मुख्यमन्त्रीसँग हिजो भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिनुभयो । मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नुहुने छ । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गर्नुभयो । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप कोभिशिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । मन्त्री त्रिपाठीले खोपमा अविश्वास नगर्न पनि सबैमा आग्रह गर्नुभएको छ ।
यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।