रौतहट ।। नेपाल पत्रकार महासंघ रौतहट शाखाले आफनोे ११ औँ सधारण सभा आज जिल्ला समन्वय समिति रौतहटको सभा हलमा सम्पन्न गरेको छ । सो सधारण सभाको महासंघका केन्द्रीय महासचिव रमेश विष्टले उद्धघाटन गर्दै विभिन्न काल खण्डमा पत्रकारिता माथि लगाउने अंकुशलार्इूू महासंघको अगुवाईमा प्रेस सवतन्त्रता कायम हुदैँ आएको बताए । पत्रकारितालाई मरयादित बनाउन महासंघले आफनो अचार संघिता लागु गर्दै आएको अवस्थामा संचारर्कीहरुले मन्न नगरेको कारण विभिन्न चुनौतिको सामना गर्दै आएको महासचिव विष्टले बताए ।
आउदो रौतहट शाखाको अधिवेशनमा सक्षम नेतृत्वको चयन गर्न सुझाव दिदैँ विगतको कमी कमजोरीलाई हटाउदैँ एक जुट हुन उनले सुझाव दिए । सो अवसरमा महासंघका केन्द्रीय सचिव सितल महतोले पत्रकारको हकहितको लागी लडदै आएको बताए । उनले पत्रकारहरुलाई संख्यात्मकको सट्टा गुणत्मक बनाउन आग्रह गरे । सोही अवसरमा महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले राजाको शासनमा संचारकर्मीलाई दण्ड सजाय दिने व्यवस्था कायम गरेको सरह नै वर्तमान सरकारले संचारकर्मीलाई जरिवाना कैद गर्ने व्यवस्था ल्याउने प्रयास गरेको प्रति दुख व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साहको अध्यक्षतामा महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाई, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह,देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल,वृदावण नगरपालिकाका मेयर रामस्नेही यादव प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव , महासंघका प्रदेश नं. २ का सदस्य शैलेन्द्र झा, विजेन्द्र पासवान, प्रेस युनियनका संजय कार्की,प्रेस संगठनका फनि महत , महिला पत्रकार प्रभा सिंह,विना राउत, वरिष्ठ पत्रकार विनय लाल दास, महासंघका संस्थापक अध्यक्ष शिव पुरि लगायतका वक्ताहरुले शुभकामना दिएका थिए । सोहि अवसरमा पत्रकार महासंघ रौतहट शाखा सँग आवद्ध रहि २० वर्ष पत्रकारिता गरेको पत्रकार शैलेन्द्र झा,शैलेन्द्र गुप्ता,प्रभात झा,रविन्द्र साह,शिव पुरि,रत्न अधिकारी,गोपाल अर्चाय,प्रेम चन्द्र झा, श्रीमन नरायण मिश्र, रमेश सिंह,रविन्द्र मण्डल,आन्नद खनाल,विनय कुमार लाल दास लगायतका पत्रकारलाई समान पत्र दोसला ओढाई महासंघका महासचिव विष्टले समान गरेका थिए ।
सोही क्रममा अतिथि गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, दुर्गा भगवती गाउँ पलिकाका अध्यक्ष अरुण साह,देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल,वृदावण नगरपालिकाका मेयर रामस्नेही यादव, प्र.जि.अ. इन्द्र देव यादव,प्रहरी उपरिक्षक सिद्धि विक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका एसपी,शस्त्र प्रहरीका डिएसपी लगायतका लाई मायाको चिनो प्रदान गरिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here