काठमाडौँ ।। पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले  प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन् ।‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।

ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए । उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो । केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन् । देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ । देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ ।’

वरिष्ठ नेता खनालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिएको पनि बताएका छन् याे समाचार कान्तिपुरमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here