काठमाडाैं ।। पहाडी क्षेत्रमा आंशिक बदली भए पनि मुलुकको अरु भागको आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । प्रदेश १, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु–कुहिरोसमेत लाग्ने छ ।
पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।