काठमाडौँ ।। नेपालमा पछिल्लाे २४ घण्टामा थप ३३६ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५ हजार ३० जनाको पिसीआर परीक्षण भएकामा २१४ पुरुष र १२२ महिला गिर थप ३३६ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ६८ हजार ६४६ पुगेको छ । त्यसतै पिछल्लाे २४ ङणटामा थप २२६ जना सङ्क्रमणमुक्त भएसँगै हालसम्म दुई लाख ६२ हजार ८६८ जना कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९७९ पुगेको छ । अहिले देशभर ३ हजार ७९९ जना सक्रिय सङ्क्रमित छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।