काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १२९ महिला र २१९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सहित कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । जसमध्ये २ लाख ६२ हजार २५९ जनाले कोरोना जितेका छन् । मंगलबार थप ४४१ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ६९ पुगेको छ । मंगलबार थप ४ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ । यस्तै १९० जना क्वारेन्टिनमा छन् भने ३ हजार ७६४ जना आइसोलेसनमा छन्।

यस्तै मन्त्रालयका अनुसार कोरोनाका गम्भीर १६१ जना आइसीयूमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।नेपालमा अहिलेसम्म २० लाख २१ हजार ७१४ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here