काठमाडाैं ।। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिङ्गटन डिसीस्थित संसद भवन (क्यापिटल बिल्डिङ) बन्द गरिएको छ । अमेरिकी काँग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा ५ जनाको मृत्यु भएको थियो । यस्तै जो बाइडेनको पदभार ग्रहणको पूर्वाभ्यास पनि स्थगित गरिएको छ । बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीले संसद भवन नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् । वासिङ्गटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् । क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्रबाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here