रौतहट ।। माधव नेपाल प्रचण्ड समुहका नेकपाका प्रदेश २ का प्रदेश सदस्य एवं गौर नगरपालिकाका पुर्व नगर प्रत्यासी शम्भु साहले विघटन भएको प्रतिनिधि सभाको जीवित गर्न बलिदानी दिन तयार रहेको बताउनु भएको छ ।
प्रतिनिधि सभा विघटन विरुद्ध आन्दोलनमा उत्रेका नेकपाले घोषणा गरेको विरोध कार्यक्रम अन्तर्गत गौरमा आयोजना गरिएको विरोध सभामा सम्वोधन गर्दै नेता साहले लोकतन्त्रको रक्षा गर्नको निमित नेपाली जनता आफ्नो जुन सुकै कुर्वानी तयार रहेको उदघोष गरे ।
उनले भने आन्दोलन गरेर ल्याएको उपलव्धि गुम्न दिदैनौ प्रधानमन्त्री ओलीले तानाशाहको रवैया देखाउदै एकतर्फी रुपमा सांसद विघटन गरेको जिकिर समेत गरे ।
पुर्खाहरुले विभिन्न कालखण्डमा नेपालमा प्रजातन्त्र , लोकतन्त्र र संघियताको लागि हामीले आफ्नो सन्तानको भविष्यको लागि गरेको आन्दोलनको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको प्रस्ट परे ।
संविधानमा नभएको व्यवस्थालाइ ओलीले बलपूर्वक सांसद विघटन गरेकोले सर्वोच्च अदालतले नेपाली जनताको भावनाको सम्मान गर्ने विस्वास व्यक्त गरे । अहिलेको आन्दोलन टेलर मात्र भएकोले आगामी दिनमा हुने बृहद आन्दोलनले ओली प्रस्ट हुने ठोकुवा गरे ।
युवा नेता साहले आफ्नो अधिकार र संविधानको रक्षाको लागि टाउकोमा कफन बाधेर तयार रहन सम्पूर्ण कार्यकर्तालाइ आग्रह गरे । आफ्नो पदीय स्वार्थको लागि संविधान कानुनको उलंघन गरेको ओलीको कार्य अलोकतान्त्रिक असंवैधानिक रहेको दावी साहको रहेको छ ।
२४० बर्षको निरंकुश शासन फाल्न नेपाली जनता सक्षम भएको इतिहास रहेको अवस्थामा ओलीलाइ फाल्न तयार रहेको चेतावनी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here