काठमाडौँ ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाअभियोग दर्ता भएको छ ।
डेमोक्र्याटिक पार्टीले दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।प्रस्तावमा ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
उक्त प्रस्तावमाथि तल्लो सदनमा छिटोमा मङ्गलवार मतदान हुन सक्ने बीबीसीले जनाएको ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सका सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
आपराधिक गतिविधिको मतियार बनेको भन्दै डेमोक्र्याटहरूले जनवरी २० तारिखमा पदावधि सकिनुअघि नै ट्रम्पलाई राष्ट्रपति भवनबाट निकाल्न चाहेका छन् ।
त्यसको निम्ति उनीहरूले पहिलो प्रयास अमेरिकी संविधानको व्यवस्था अनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति पेन्सलाई दबाब दिएका छन् ।
यो प्रक्रिया सफल भएमा कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिमा आउँछ ।
उपराष्ट्रपति पेन्स ट्रम्पलाई हटाउन तयार नभएमा महाभियोग प्रस्तावमा बुधवार छलफल सुरु हुने जनाइएको छ ।
तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषि ठहर्याउने या नठहर्याउने भन्ने विषय माथिल्लो सदन सिनेटमा प्रस्तुत हुनेछ। ट्रम्पमाथि महाअभियोग लगाइएको यो दोस्रो पटक हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग दर्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।