काठमाडाैं ।। पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपालका कुनैपनि खेलाडी अनुबन्ध हुन सकेनन् । हिजो साँझ सम्पन्न ड्राफ्टमा नेपालका कुनै पनि खेलाडीलाई फ्रेन्चाइज टोलीले अनुबन्ध गरेन । नेपालबाट पूर्वकप्तान पारस खड्का, स्पिनर सन्दीप लामिछाने सहित १० खेलाडी ड्राफ्टमा सहभागी थिए । सन्दीप प्ल्याटिनम क्याटेगोरीमा हुनुहुन्थ्यो भने सिल्भर विदेशी कोटामा उप कप्तान दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख रहेका थिए । पिएसएल ड्राफ्टमा २० देशका ४ सय भन्दा बढी विदेशी खेलाडी सहभागी थिए । गत वर्षको पिएसएलमा पनि नेपालका कुनैपनि खेलाडी अनुबन्ध भएका थिएनन् । गतवर्ष सन्दीप सहित ८ खेलाडी ड्राफ्टमा थिए । पिएसएल २०२१ फेब्रुअरी २० देखि २२ मार्चसम्म लाहोर र कराँचीमा हुने सम्भावना छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here