काठमाडाैं ।। प्रधानमन्त्री केपी ओलीले आफूलाई अध्यक्ष चुनेको नवौं एमाले महाधिवेशनबाट बिजयी उपाध्यक्ष भीम रावलमाथि उनकै क्षेत्र सुदूर पश्चिमको धनगढी पुगेर यसो भन्दै रिस फेर्नुभएको छ ।
सचिवालयको बैठक बस्नसमेत मन नपराउने तत्कालीन एकीकृत नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले बैठक,भेला र कार्यक्रममा पुग्न भ्याई नभ्याई छ।केहि दिनअघि काठमाडौँको एउटा कार्यक्रममा प्रचण्डलाई धुन आफूले ड्रमका ड्रम पानी र दर्जनका दर्जन डोब साबुन खर्च गर्दा पनि नसकेको भन्दै लाचारी व्यक्त गर्नुभएको थियो । अर्को कार्यक्रममा चाहिँ माधव नेपाललाई प्रचण्डको कार्यकर्तासमेत भन्न भ्याउनु भयो । आज धनगढीमा पनि उहाँले नेपाल आफूभन्दा जुनियर भएको बताउनुभयो,भन्नुभयो,‘म २२ सालदेखि राजनीतिमा छु,माधव नेपाल बल्ल ३२ सालदेखि’ ।
उहाँले नुहाउँदा २/४ ओटा रौँ झरेर केही नहुने भन्दै पार्टीमा आफू अझै शक्तिशाली भएको भाव प्रकट गर्नुभयो । उहाँले प्रचन्डलाई आज पनि बाँकी राख्नुभएन । कटाक्ष हान्दै भन्नुभयो, ‘काम लाग्छ कि भनेर ल्याएको तर बिचार उस्तै,मति उस्तै ।’ लाटोकोसेरोको उपमा दिँदै अगाडि भन्नुभयो-घाम लागेपछि टिक्न नसक्ने ।
माघ १ गतेदेखि परराष्ट्र मन्त्री भारत जाने र कालापानीलगायतका भूमि फिर्ता ल्याउने ओलीको भनाइ थियो । पार्टीको बैठकमा बस्न रुचि नराख्ने भनिएका ओलीले प्रचण्ड,माधव नेपाललाई बैठकमा नआएको आरोप लगाउनुभयो,‘बैठकमा किन आएनन् भनेको त निर्वाचन आयोगमा पार्टी मेरो हो भन्न पो गएका रहेछन् ।‘
ओली त्यतिमै कहाँ रोकिनुहुन्थ्यो र ! फेरि भन्नुभयो-“दुई चार दिनमा मर्नेलाई किन भोट हाल्नु भन्थे तर दुई वटा किड्नी फेरेर पनि जिउँदै छु। यो स्वास्थ्य देशका लागि हो ।”

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here