रौतहट ।। द सहारा लोन सेविंग्स को आपरेटीभ सोसाइटी लिमिटेडको २४ औं वार्षिक साधारण सभाको बंठक सम्पन्न भएको छ । विहिवार रौतहटको बार एसोसिएसन भवनमा साधारण सभाको बंैठक सम्पन्न भएको हो ।
साधारण सभाका प्रमुख अतिथि द सहारा लोन सेविंग्स को अपरेटिभ सोसाइटी लिमिटेड को संचालक सदस्य श्री ध्रुव गोसाईले दीप प्रज्वलन गरी समुद्घाटन गर्नु भएको थियो ।
आर्थिक वर्ष २०७६÷०७७ मा संस्थाबाट भए गरेका विभिन्न कार्यक्रमहरु लगायत सदस्यहरुको हकहितको संरक्षण र संवद्र्धनका साथै जिल्लाको व्यावसायिक क्षेत्र, पर्यटन क्षेत्र, सामाजिक विकासमा टेवा पुग्ने खालका मन्तव्य संचालक समितीका सदस्य श्री रोकश कुमार पाण्डेयले व्यक्त गरेका छन् ।
सेवा केन्द्र गौरको कार्यालय प्रमुख उमेश राय यादवले आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ मा गौरले २९,२९,१८२ रुपैयाँ मुनाफा गरेको यादवले जानकरी दिए ।
साथै यादवले विभीन्न बिषयका सम्बन्धमा जिज्ञासा राख्नुका साथै व्यवसायिक हक हितका लागि एवं संस्थागत विकासका लागि उपयोगी सुझावहरु राखेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here