रौतहट ।। रौतहटमा बिना हेल्मेट तथा मापसे गरि सवारि चलाउनेको संख्या दिनप्रति दिन बढदै रहेको छ ।बिना हेल्मेट तथा मापसे गरि सवारि चलाउने गरेका कारणले दुर्घटनाको खतरा बढी रहेको छ । जिल्लामा जनचेतनाको कमिले गर्दा बिना हेल्मेट मोटरसाईकल चलाउने, मादक पदार्थ सेवन गरी सवारि चलाउने, जेब्रा क्रसिङ लगाएतका ट्राफिक नियमको पालना नगरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरिक्षक शैलेस न्यौपानेले बताउनु हुन्छ। चेतनाको कमीले गर्दा नै ट्राफिक ब्यवस्थापनमा समेत समस्या देखिएको न्यौपानेले बताउनुभयो। ट्राफिक प्रहरीले आफ्नो अधिकार क्षेत्रभित्र रहेर सडक र सवारीको बिषयमा कार्यक्रमहरु तथा सवारी चेकिङ लगाएतका कामहरु गरिरहेको जिकिर गर्दै न्यौपानेले यस्ता कुरामा स्थानिय निकायले पनी ध्यान दिनुपर्नेमा जोड दिनुभयो। रौतहट मुख्य सडकमा नै ठेला गाडा राख्ने ,सडक निर्माण सामाग्री राख्ने,सडक किनारामा नाला निर्माण, सडक बिस्तार लगाएतका कामहरु सुरु गरेर बिचमै छोड्ने गरेका कारण पनी दुर्घटनाको जोखिम बढिरहेको उँहाले बताउनुभयो ।यात्रु तथा स्थानियको बुझाईमा ट्राफिक प्रहरीलेनै यस्ता मुद्दा हेर्नुपर्ने भएको ,तर यस्ता कुरामा ट्राफिक प्रहरीले चाहेर पनी केहि गर्न नसक्ने उँहाले बताउनुभयो। यसतर्फ सडक बिभाग, नगरपालीका तथा सम्बन्धित निकायले नै चासो राख्नुपर्ने न्यौपानेले बताउनुभयो ।
यसैगरी अगाडीका दिनहरुमा भारतिय नम्बर प्लेटका सवारी रौतहटको सडकमा गुडेपनि, हालको अवस्थामा भारतिय नम्बर प्लेटका सवारी रौतहटका सडकमा गुड्नै नपाउने उँहाले बताउनुभयो । अहिले भन्सार बन्द रहेको र भन्सार चलान काटेपछि १ महिनाका लागी मात्रै नेपालमा चलाउने अनुमती भएका भारतीय नम्बर प्लेटका सवारिलाई ट्राफिक प्रहरीले कारवाहि गर्ने न्यौपानेको दाबी छ । जिल्लामा ट्राफिक ब्यबस्थापनका लागी ट्राफिक प्रहरीले प्रहरी तथा जनपथ प्रहरीसंग सहकार्य गरिरहेको बताउदै न्यौपानेले चपुर गौर सडकमा निर्माण ब्यवस्थापन लगाएतका केही काम चलीरहेका कारण केही समस्या रहेपनी अन्य समस्या नरहेको दाबि गर्नुभएको छ ।
त्यसै गरि दुर्घाटना रोकिनको लागी सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने, हेल्मेट नलगाइ, सिट वेल्ट नबाँधी सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, सवारी दर्ता किताब, बाटो ईजाजत पत्र साथमा नराखी सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अव्यवस्थित ढंगले पार्किङ गर्ने जून नियम बिपरित छन् यी अनैतिक कार्यहरु रोकिए मात्रै दुर्घटना जोगिन्छ।
Home प्रदेश समाचार मधेश प्रदेश रौतहटमा बिना हेल्मेट सवारि चलाउनेको संख्या बढदै, जिल्लामा जनचेतनाको कमि ट्राफिक प्रहरी...
रौतहटमा बिना हेल्मेट सवारि चलाउनेको संख्या बढदै, जिल्लामा जनचेतनाको कमि ट्राफिक प्रहरी न्यौपानेको भनाइ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।