काठमाडाैं ।। पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जना कोरोना सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या ६ हजार ३ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here