रौतहट ।। विश्वयापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गए पनि असावधानीका कारण भयावह स्थिति आउनसक्ने देखिएको छ । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दैनिकजसो भेला, प्रदर्शन, सभा भइरहेका छन् । प्रतिनिधिसभा विघटन हुनुभन्दा पहिला पनि ठाउँ–ठाउमा प्रदर्शन हुन्थे । काठमाडौंको माइतिघरमा उखु किसानले धर्ना दिन थालेको दुई हप्ता भन्दा बढी भएपछि भरर्खै चार बुन्दा समझौता भयो । रासंस्था र हिन्दू राष्ट्रका लगि भन्दै पनि विभिन्न समूहले पनि प्रदर्शन गर्दै गरिरहेको छ । प्रतिनिधिसभा विघटन पछि भने मुख्य दलका नेता कार्यकर्ताहरुले प्रदर्शन बढाएका छन् । त्यस्तै सवारी साधन, फिल्म हल, भौतिक उपस्थितिमै सञ्चालन भएका छन् ।
चिकित्सकले कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम, मास्क समुचित प्रयोग, आत्मानुशासन भने पनि कार्यान्वयन हुन सकेको छैन । सरकार स्वयंले पनि हेलचेक्रयाईं सन्दर्भमा अनुगमन नियमन गरेको छैन ।
नेपालमा अब कोरोनाको डर हटिसक्यो तर विज्ञहरु भने कोरोनाको जोखिम कायमै भएकाले अनावश्यक भीडभाड र प्रदर्शन नर्गन आग्रह गर्छन ।
सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुन कोरोना जोखिमबाट जोगिन स्वयं व्यक्ति सचेत र सजग हुनुपर्ने बताउँछन् । ‘जोखिमबाट बच्न मास्क समुचित प्रयोग गर्नुपर्छ,’ उनले भने, आत्मानुशासनबाटै जोगिन सकिने पाटो हो ।’
जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले कोरोनाबाट बच्न सजग रहनुपर्नेमा जोड दिए । ‘अनिवार्य सही तरिकाले मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित धुने गरे कोरोनाबाट बच्न सकिन्छ,’ उनले भने ।
त्यस्तै, सरकारले कोरोना जोखिम मध्येनजर गर्दै ल्याएको जनस्वास्थ्यका मापदण्ड कागजमै थन्किएका छन् । मापदण्डमा भौतिक दूरी कायम, मास्क समुचित प्रयोग, सेवाग्राहीको व्यक्तिगत विवरण खुल्नेगरी अभिलेख राख्ने, सवारी साधनमा एक पंक्तीमा एक जना राख्नेलगायत समेटिए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
यसैबीच, स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ को नयाँ प्रजातिको उद्गमस्थल बेलायत हुँदै नेपाल फर्किएका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणक्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
युकेमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको तथ्य बाहिर आएपछि स्वास्थ्य मन्त्रालयले गत १ पुसदेखि नेपाल प्रवेश गरेकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो । उनीहरूमा देखिएको भाइरस ‘नयाँ हो वा होइन रु’ अझै प्रमाणित भइसकेको छैन ।
नेपाल प्रवेश गरेका २ सय ७७ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । उनीहरूमा देखिएको कोरोना भाइरस ‘नयाँ प्रकारको भाइरस हो वा होइन रु’ भनेर पत्ता लगाउन कोरोना पोजेटिभ आएकाको ‘जीन सिक्वेन्सिङ’ गरेर थप अध्ययन गरिनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जगेश्वर गौतमका अनुसार कोरोना पोजेटिभ भएकाको पुनः जीन सिक्वेन्सिङ गरिनेछ । त्यस्तै, नेपालमा सोमबार थप ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या २ लाख ५८ हजार ८ सय ४० जना पुगेको छ । हाल, देशभर ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित छन् । हालसम्म १९ लाख १५ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षणको दायरा घटेकोले मात्र संक्रमितको संख्या घटेको छ । कोरोना संक्रमितको संखया नेपालमा तथ्याङ्कमा मात्र कम भएको छ । यसरी दिनहुँ जुलुस तथा प्रदर्शन गर्दा कोरोना फैलने खतरा झनै बढ्छ । अहिले पीसीआर रिर्पोट आवश्यक भएकोे मात्रै परीक्षण गर्ने गरेकोले संक्रमण घटेको जस्तो देखिएको छ ।
‘विरोधको स्वरुप परिवर्तन गारैँ’
चित्त नबुझेको विषयमा विरोध गर्नु स्वभाविक हो । कसैको समर्थन र विरोधमा प्रदर्शन गर्न पाइन्छ । तर प्रदर्शन गर्दा स्वास्थ्यमाथि खेलबाड गर्न हुन्न् । ‘आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ, कतिपय देशमा आन्दोलनका स्वरुपहरु परिवर्तन हुन थालेका छन्’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा, टेलिभिजन तथा रेडियोमा ‘टक सो’ लगायतका कार्यक्रम गरेर पनि असन्तुष्टिहरु व्यक्त गरिन्छ ।
नेपालमा पनि ती कुराहरुलाई पछ्याउँदा राम्रो हुन्छ ।’ वैशाखमा मध्यावधि चुनाव भयो भने घरदैलो कार्यक्रम, सभा जुलुसका कार्यक्रम झन् धेरै हुन्छन् । यसले गर्दा कोरोनाको थप जोखिम हुन्छ । त्यसैले आन्दोलनको स्वरुप बदल्नु नै जनस्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण हुनेछ ।
असावधानीले कोरोना संक्रमणको जोखिम,विराेधकाे शैली बदलाैँ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












