काठमाडाैं ।। साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो । उनलाई आतङ्कवाद सम्वन्धी अपराधमा संलग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानून उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।