काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७१८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६४२७ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here