काठमाडाैं ।। विश्वभर कोरोना भाइरसका कराण सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा विश्वभर थप ६ लाख ४५ हजार ६ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ७ करोड ९६ लाख ९४ हजार ७ सय ५४ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ११ हजार ५ सय ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७ लाख ४८ हजार २ सय ३६ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ५ करोड ६१ लाख ९ हजार १ सय ७५ जना स्वस्थ भएका छन् । यस्तै हाल विश्वभर कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड १८ लाख ३७ हजार ३ सय ४३ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here