रौतहट ।। नेकपा पार्टीका प्रदेश २ का अध्यक्ष एवं निवर्तमान सांसद प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्य प्रति असन्तुस्टी जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सांसद विघटन गरे पछि दुइ भागमा विभाजन भएका नेकपाको दुइ अध्यक्षीय प्रणालीको विरोध गर्दै सांसद साहले दुइ अध्यक्षीय प्रणाली अन्य गर्नु पर्ने माग समेत गरेका हुन् ।
प्रचण्ड माधव पक्षले गरेको निर्णय प्रति प्रत्यक्ष रुपमा असहमति जनाउदै सांसद साहले प्रचण्ड नेतृत्वको समुहले विगतका गल्तिलाइ गम्भीर समिक्षा गरि सच्च्याउनुको साटो पुनराबृति गरिएको भनि जिकिर गरेका छन् ।
नेकपा प्रदेश कमिटिको लेटरप्याड प्रयोग गरि जारी गरेको प्रेस विज्ञाप्तिमा साहले प्रधानमन्त्रीले गरेको सांसद विघटनको आत्महत्याको संज्ञा दिदै भनेका छन् प्रचण्ड नेतृत्वको समुहलाई सहयोग गर्ने सोचेको थिए तर त्यो समुहले पनि पुरानो प्रवृतिलाइ नै पुनराबृति गरेको छ ।
प्रचण्ड समुहले पार्टीको अध्यक्षमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाइ अध्यक्षमा चयन गरेपछि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका सांसद साहको असन्तुस्टी भएको हो ।
साहले जारी गरिएको विज्ञप्तिमा मार्क्सवादी मान्यता र लेलिनवादी संगठनात्मक सिधान्त विपरित निर्माण भएको दुइ अध्यक्षीय प्रणाली अवस्तुवादी र अवैज्ञानिक भएकै कारण देशले गम्भीर घात बेहोर्नु परेको छ । पार्टी एकताको पक्षमा आफु दृढतापुर्वक क्रियाशील रहदै आएको ठोकुवा गर्दै प्रदेश अध्यक्ष साहले देश र जनतालाई घात गर्ने दुइ अध्यक्षीय प्रणाली अस्विकार गरि सहि नेतृत्व प्रणालीको स्थापनाको लागि सवैमा अनुरोध गरेका छन् ।
प्रचण्डले गरे महागल्ती, ओलीको कदम आत्मघाती :- प्रभु साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।