काठमाडौ ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संसद विघटनको विरोधमा आन्दोलन गर्ने घोषणा गरेको छ । विहीबार (आज) दाहाल–नेपाल समूहको केन्द्रीय कार्यसमिति बैठकले संसद विघटनको विरोधमा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा गरेको हो ।

बैठकले प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको हो । उक्त समिति दुई हजार पाँच सय १ सदस्यीय रहेको बताइएको छ ।यसैबीच नेकपाको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहको पनि आज केन्द्रीय कार्यसमिति बैठक बसेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here