काठमाडाैं ।। अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई नेकपा अध्यक्ष प्रचण्डले बधाइ दिएका छन् । केन्द्रीय समिति बैठकमै उनले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । राजधानीमा बसेको बहुमत केन्द्रीय सदस्यको बैठकमा प्रचण्डले अर्को बैठक मंसिर ९ गतेका लागि तय भएको पनि जानकारी दिए । बैठक ११ बजे कार्की ब्यांकेटमै बस्नेछ । यस्तै भोलि दिउँसो १ बजे संंसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक समेत बोलाइएको छ । यससँगै आजको बैठक सकिएको घोषणा गरिएको छ याे समाचार राताेपाटीमा छापिएकाे छ ।
ओली बर्खास्त भएपछि माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।