काठमाडाैं ।। सिराहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा बम फेला परेको छ । सुखीपुर–८ सुखीपुर बजारस्थितपरिसरमै राखिएको जेनरेटरमाथि प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालय कोठा गेट नजिकै कुकर बम फेला परेको छ । आज मंगलबार बिहान कार्यालय खुलेपछि कार्यालय सरसफाई गर्ने बेलामा कार्यालय सहयोगीले गेट नजिक एउटा कालो ब्याग राखिएको देखेपछि प्रहरीलाई खबर गरेको थिए ।
बम फेला परेको सूचना पाउनसाथ ईलाका प्रहरी कार्यालय सुखीपुर र सशस्त्र वेश क्याम्पस सुखीपुरको ईन्चार्जहरु टोली लिएर घटनास्थल पुगिसकेको छ ।
३ लिटरको कुकरमा विस्फोटक राखिएको छ भने माथि एउटा मोबाइल राखेर कनेक्ट गरिएको अनुमान रहेको छ । को कति बेला कसरी बम कार्यालयमा राखेको घटनाबारे थप विबरण आउन बाँकी रहेको छ । बम फेला पछि कार्यालय शिल गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पंजियारले जानकारी दिए ।












