काठमाडौँ ।। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकले प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता तोकेको छ भने बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।
बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












