वीरगञ्ज ।। प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ताहरुले बाराको कलैयामा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि त्यसको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्रीले चालेको कदमका कारण देशकै राजनीति गर्माएको छ । संविधान विपरित संसद विघटन भएको भन्दै देशका विभिन्न स्थानमा नेकपाका नेता कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।

बाराको कलैयामा नेकपा जिल्ला कमिटी सदस्य ध्रुव यादव सहितका नेता कार्यकर्ताहरुले टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

संसद विघटन खारेज गर, असंवैधानिक कदम फिर्ता गर लगायतका नारा लगाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरुद्धमा समेत नाराबाजी गरेका थिए याे समाचार अनलाइन खबरमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here