काठमाडाैं ।। कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ ।
कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध गरेको छ । महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुँदै १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् । यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् । कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here