राैतहट ।। रौतहट प्रहरीले नलकटुवा बन्दुक सहित एक जनालाइ पक्राउ गरेका छन् ! विशेष सुचनाको आधारमा खटी गएको प्रहरी टोलीले जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोल स्थित सडकमा खडा रहेको बी आर ३० डब्लु ४८७३ नम्बरको हिरो कम्पनीको मोटरसाइकल चेकजाच गर्दा १२ बोरको नलकटुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिनु भएको छ !

शंका लागे पछि खडा गरिएको सो मोटरसाइकलको सिट कभर खोलेर हेर्दा भित्र लुकेर राखिएको हथियार बरामद भएको थियो ! हथियार बरामद भएपछी मोटर साइकल चालक सोहि ठाउँ बस्ने २० वर्षीय राज महमद आलमलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ !

पक्राउ परेका आलमलाइ रौतहट जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धानको कार्य अगाडी बाधिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here