एजेन्सी ।। विश्वभर कोरोना भाइरसको संक्रमित हुनेको संख्या ६ करोड ९२ लाख भन्दा बढी पुगेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म ६ करोड ९२ लाख ३९ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ लाख ७५ हजार आठ सय १० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७९ लाख ९४ हजार नौ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ५८ लाख २० हजार ४२ जनामा संक्रमण पुष्टि भएको । त्यहाँ २ लाख ९६ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा ९७ लाख, ६७ हजार तीन सय ७१ संक्रमितमध्ये एक लाख ४१ हजार सात सय ७२ जनाको मृत्यु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here