राैतहट ।।  नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

०६४ चैत २७ मा रौतहट बम काण्डका फरार आरोपी महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको प्रहरी जनाएको छ ।

उनलाई रौतहट ल्याउन प्रदेश प्रहरी कार्यालयबाट टोली खटाइएको जनाइएको छ ।

संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा ०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा रहेका छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

आलममाथि विष्फोटका घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here