रौतहट ।। प्रदेश २ का विद्यालय जाने उमेरका किशोरीहरुले बीचमा नै विद्यालय छोड्ने गरेको पाईएको छ । लैंगिक विभेदका कारण छोरीलाई विद्यालय नपठाउने प्रवृती र धेरै पढेकी छोरीको विवाहमा दाईजो बढि दिनुपर्ने गलत मानसिकताका कारण किशोरीहरु विद्यालय छोड्न बाध्य छन् । रौतहटमा, विद्यार्थी भर्नादर हेर्ने हो भने अधिकांश विद्यालयहरुमा छात्राहरुको भर्ना सङ्ख्या बढि छ । तर तह बढ्दै जाँदा विद्यालयमा नियमित आउने किशोरीहरुको सङ्ख्या घट्दै जान्छ । कक्षा एक मा अत्याधिक छात्रा भर्ना भएपनि कक्षा ९, १० मा पुग्दा किशोरीहरु विद्यालय छाड्ने समस्याका कारण अधिकांस विद्यालयमा किशोरहरुको सङ्ख्या दोब्बर हुने गरेको रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैंडाटारस्थित जनशक्ति माविका शिक्षक सुनिल कुमार झाले बताउनुभयो । घरकाका सबै काम छोरीले गर्नु पर्ने र चाँडै छोरीको विवाह नगर्दा धेरै दाईजो खर्चिनुपर्ने गलत सोंच अविभावकको मनमा हुने गरेको छ । त्यही कारण छोरीहरु विद्यालय छोड्न बाध्य छन् । विद्यालय गईरहेका किशोरीहरु कुनबेला आफ्नो विहे हुन्छ भन्ने पत्तो नहुने बताउँछन् । कक्षा ९ र १० मा पुग्दा ३५ देखि ४० प्रतिशत किशोरीहरुले विद्यालय छोड्ने गरेको तथ्याङ्मा देखिन्छ । प्रदेश सरकारले छोरीलाई विद्यालयमा आकर्षित गराउन बेटी पढाउ बेटी बचाउ अभियान समेत चलाएको छ । तर विद्यालय छाड्ने किशोरीको सङ्ख्या कम भएको छैन । यस्तो समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने मूख्यमन्त्री लालबाबु राउतको भनाई छ । कोरोनाका कारण झण्डै आठ महिना बन्द रहेका विद्यालय खुलेपनि किशोरीहरु विद्यालय आउने दर कम रहेको शिक्षकहरुले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here