काठमाडाैं ।। नेपाल भ्रमणमा रहेको कतार ओलम्पिक कमिटीका प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटिका प्रतिनिधिसँग भेट गरेको छ । कतार ओलम्पिकका महासचिव जसिम रसिद जेए अल्बुनइनको नेतृत्वमा रहेको टोलीले हिजो सातदोबाटोस्थित एनओसी भवनमा नेपाली टोलीसँग भेट गरेको हो । भेटमा कतारी टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारी दिन लागेको जानकारी गराउँदै नेपाललाई सहयोग र समर्थनका लागि अनुरोध गरेको थियो । कतारी टोलीले एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दाबेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here