काठमाडाैं ।। ओलिभर जिरउडको शानदार प्रदर्शनमा चेल्सीले च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा प्रभावशाली जित दर्ता गरेको छ ।समूह इ अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सेभिल्लालाई ४–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चारै गोल जिरउडले गर्नुभएको हो । उहाँले ८, ५४, ७४ र ८३ औँ मिनेटमा गोल गर्नुभएको हो । अन्तिम १६ मा यसअघि नै स्थान पक्का गरेको चेल्सी जितपछि १३ अंकसहित शीर्ष स्थानमा कायम छ । पराजित भएको सेभिल्ला १० अंकसहित दोस्रो स्थानमा छ ।समूह इ अन्तर्गत गएराति नै भएको खेलमा एफके क्रास्नोडरले रेनलाई १–० ले पराजित गरेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here