काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या २३६२४६ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६७ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म २१८१६१ जना संक्रमित कोरोना मुक्त भएका छन्।
आज कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृतयु भएको छ । यसका साथै देहभरमा कोरोना भाइरसको संक्रमणबाट मृतयु हुनेको कुल संखया १५३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ८३०० वटा पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म १७५४६३० वटा नमूनाको पीसीआर परीक्षण भएको छ।आज मुलुकमा १६५४७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। जसमध्ये १०७४१ जना होम आइसोलेसनमा र ५८०६ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
हाल क्वारेन्टिनमा ६०५ जना रहेका छन्। आईसीयूमा ३६५ जना र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।