काठमाडौं ।। देशभरमा पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसका साथै देशभरमा कोरोना संक्रमित हुनेको संख्या २३३४५२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २०७३ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म निको हुने कोरोना संक्रमितको संख्या २१६५९४ पुगेको छ। आज क्वारेन्टिनमा ६१६ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८५८३ जनाको नमूना पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म मुलुकमा १७४६३३० जनाको पीसीआर परीक्षण भएको छ।
हाल मुलुकमा १६६३३ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












