रौतहट ।। प्रहरीले रौतहटबाट कुटपिट गरी ज्यान मारी फरार रहेका एक प्रतिबादीलाई पक्राउ गरेको छ । रौतहटको कटहरिया नगरपालिका वडा नं. १ भसेडवा बस्ने तेजन दास भन्ने तेजनारायण दास तत्मालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको दासले गत वैशाख ७ गते रातको समयमा कटहरिया नगरपालिका वडा नं. १ भसेडवाका संदिप यादवलाई मृत्यु हुने गरि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट यादवको मृत्यु भएदेखी नै दास फरार रहँदै आएको थियो । पक्राउ परेका ४५ वर्षीय तेजन दास भन्ने तेजनारायण दास तत्मालाई सोमबार साँझ आफ्नो गाउँमा आएको जन्ती हेर्न घर बाहिर निस्केको अवस्थामा स्थानियले नियन्त्रणमा लिइ कुटपिट समेत गरेका थिए । स्थानियले नियन्त्रणमा लिइ कुटपिट गरी रहेको सुचना प्रहरीले पाउना साथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटि गएको प्रहरी टोलीले निज तेजन दास भन्ने तेजनारायण दास तत्मालाई नियन्त्रणमा लिइएको थियो । निज तत्मालाई थप कारवाहीको लागि मंगलबार बिहान सम्मानित रौतहट जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कर्तव्य ज्यान मुद्धाकाे फरार प्रतिवादी पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।