काठमाडाैं ।। विश्वभर फैलिएको कोरोना महामारीका कारण सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर थप ४ लाख ८८ हजार २ सय९८ जना नयाँ सङ्क्रमित थपिएका छन्। गत डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना सङ्क्रमणका कारण हालसम्म विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ६ करोड करोड ३५ लाख ६९ हजार ८ सय ९१ पुगेको छ।वल्र्डमिटरको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै हालसम्म कोरोना भाइरसका कारण एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् । यस्तै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९४ लाख नाघेको छ । यस्तैपछिल्लो २४ घन्टामा विश्वभर थप ८ हजार २ सय ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख ७३ हजार ४ सय ७ पुगेको छ। हालसम्म विश्वभर ४ करोड ३९ लाख ५२ हजार ७ सय १२ जना कोरोनासङ्क्रमणमुक्त भएका छन् भने हाल विश्भवर १ करोड ८१ लाख ४३ हजार ७ सय ७२ सक्रिय सङ्क्रमित रहेका छन् ।
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।