काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या २२९३४३ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। यससँगै देशभर कोरोना संक्रमित भएर निको हुनेको संख्या २०९४३५ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४३५ पुगेको छ।
हाल क्वारेन्टिनमा ६०१ जना रहेका छन्। आज देशभर पछिल्लो २४ घण्टामा १०४६० वटा नमूना पीसीआर परीक्षण भएको छ। यससँगै हालसम्म मुलकमा १७१०४६० वटा नमूनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर १७२३७ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।