काठमाडाैं ।। नेपाल र भारतबीच रोकिएको राजनीति र कुटीनितक वार्ता सुरु हुने भएको छ । वार्ताको वाताबरण बनाउन नेपाल आउनु भएका भारतीय विदेश सचिव हर्षवर्धन शृंगला आज नेपालको सन्देश लिएर फर्किदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्माले ओलीले दिनु भएको सन्देश शृंगलाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दिनु हुनेछ । मोदीले नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउन चाहेको सन्देश पठाउनु भएको थियो । प्रधानमन्त्री ओलीले हिजोको भेटमा केही समययता चिसिएको सम्बन्ध चाँडोभन्दा चाँडो सुमधुर हुन सकोस र छलफल होस भन्ने चाहेको सन्देश पठाउनु भएको छ । सीमा विवादका कारण झन्डै एक वर्षदेखि रोकिएको संवाद औपचारिक रूपमा खुला भएको छ। परराष्ट्र सचिवस्तरमा भएको बैठकले लामो समयदेखि नेपाल–भारतबीच रहेको आशंका अन्त्य गरेको छ। दुुई मुलुकबीच संवादको ढोकासमेत खोलिदिएको छ। भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा सार्वजनिक गरेपछि नेपालले उक्त कदमको विरोध गरेको थियो । विदश सचिव शृंगला आज मध्यान्न फर्किनु हुनेछ ।
भारतीय विदेश सचिव हर्षवर्धन शृंगला नेपालको सन्देश लिएर फकिदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।