रौतहट ।। मधेशी समुदायले समाचकेवा पर्व धुमधामका साथ मनाउदै छ । मधेशी समुदायक दीदीबहनिहरुले दाजुभाईहरुको दीर्घायुको कामना गर्दै यो मनाउ छन् । रौतहट सहित मधेशका विभिन्न ठाउँमा रहेको मधेशी समुदायकहरुले समाचकेवा पर्व मनाउदै दिदीबहिनीले माटाका विभिन्ना प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन्। काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘समा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेवा’ भनिन्छ ।
भगवान कृष्णकी छोरीको नाम सामा थियो। आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो। तसर्थ, यो पर्व सामाचकेवा पर्वको रुपमा प्रसिद्ध भएको हो।
यो पर्व तराईमा विशेष गरी मधेशी समुदायका महिलाहरुले मनाउने गरिन्छ। मधेशका ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ।
यो पर्वका लागि छठ पर्वको खरनादेखि माटाका मूर्ति बनाउने कार्यको थालनी हुन्छ। सो दिन सिरी सामा, दोश्रो दिन चकेबाका साथै एक पातिमा बसेका सातवटा चरा जसलाई सतभैंया भनिन्छ। त्यसपछि क्रमिक रुपमा खररुची भैया, बाटो बहिनो, दुई मुखबाला चरा, भाग्य चक्र कारण विमुख भएका दाजुबहिनीको मूति बनाइन्छ। यसका साथै बृन्दावन जङ्गल, झूठो कुरा लगाउने ‘चुगला’ साथै बनाइएका ती मूर्तिहरुलाई विभिन्नन रङले रङग्याइन्छ।
यस पर्वमा सबैभन्दा रोचक भनेको दिदीबहिनीले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशसाका साथै आशिष दिने खालका सामा गीत गाउने गरिन्छ। सोही क्रममा आफूलाई चाहिएका सरसमान पनि गीतको माध्यमबाट सुनाउने र विकासका लागि पनि आग्रह गर्छन्। यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाइका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।












