रौतहट ।। रौतहट जिल्लाका माधव नारायण नगरपालिकाका नगर प्रमुख वीरेन्द्र यादवले छठ व्रत गर्ने महिलाहरुलाई साडी वितरण गरेका छन । नगरपालिकाका दलित समुदायका व्रतालु महिलाहरुलाई लक्षित गर्दै मेयर यादवले प्रत्येक वडामा दलित समुदायका महिलाहरुलाई पर्व गर्नको लागि सहयोग पुग्ने उदेश्यले साडी वितरण गरिरहेका हुन ।
नगरपालिका भरी रहेका करीव १ हजार ३ सय महिलालाई सदी वितरण गर्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए । कोरोनाको कारन दलित समुदाय बढ़ी प्रभावित भएकोले केहि सहयोग हुने गरी साडी दिन लागेको उनले जनाए ।
कोरोनाको संक्रमणको जोखिम उच्च रहेकोले छठ पर्व माँ तयारी पहिलेको जस्तो नरहे पनि ब्रत गर्ने महिलाहरु तयारी गर्ने गरेको बताउँदै मेयर यादवले भौतिक दुरी साथ पर्व मनाऊन सवैमा आग्रह गरे ।
नेपाल भारत विच बन्द रहेको सीमा नाकाबाट गरीव ,असहाय , विपन्न वर्ग ,दलित समुदाय नकारात्मक रुपमा प्रभावित भएकोले चर्को मूल्यमा पर्वको लागि चाहिने आवश्यक सामग्री खरीद गर्न भएको भएको जनाए । उहाले नेपाल भारत विच को सीमा नाका खोल्नको लागि समेत नेपाल सरकार सित आग्रह गरेका छन ।





