काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११९७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१०९७३ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९३४ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १७६३६४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर मृत्यु हुनेको कुल संख्या १२३० पुगेकाे छ ।
थप सामग्री स् जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्दण्छद्दद्ध पुगको छ ।
आज ४८३२ वटा नमूनाको पीसीआर परीक्षण भएको छ। हालसम्म देशभर १६१३९११ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हाल मुलुकमा ३३३७९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्।हाल मुलुकमा १०१३ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ।





